काठमाडौँ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पुस ५ गते देखि फागुन २३ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएका अभिव्यत्तिको हिसाब-किताब राखिएको बताएका छन्।
देखापढीसँग आज विशेष कुराकानी गर्दै प्रेस सल्लाहकार थापाले जनताले समेत ती अभिव्यत्तिको हिसाब गर्ने बताए।
“अब एमालेका नेताका रूपमा उहाँ (माधवकुमार नेपाल)लाई गर्ने मर्यादा र व्यवहार फरक हुन सक्लान् तर पुस ५ यता फागुन २३ सम्म माधव नेपालले गरेका प्रत्येक गाली, दुष्ट टिप्पणी, शब्द र वाक्यको हिसाब-किताब छ,” प्रेस सल्लाहकार थापाले भने, “जनताले हिसाब गर्छन्।”
प्रधानमन्त्री ओलीले आफू विरुद्ध अभिव्यक्ति दिँदै हिँडे पनि नेपाललाई कहिल्यै पदमुक्त नगरेको उनले बताए। आफूविरुद्ध अभिव्यक्ति दिइरहँदा पनि मिलेर अगाडि बढौँ भनेर नेपाललाई बोलाएर प्रधानमन्त्री ओली आग्रह गरेको समेत उनले स्मरण गरे।
“उहाँ प्रचण्डको अनुमतिले मात्र भेट्न आउनुहुन्थ्यो। भेटेर गएपछि प्रचण्डलाई बढाइचढाइ कुरा लाउनुहुन्थ्यो। अन्तरविरोध बढाउने मूल पात्र पनि माधव नेपाल हो।”
“उहाँ प्रचण्डको अनुमतिले मात्र भेट्न आउनुहुन्थ्यो। भेटेर गएपछि प्रचण्डलाई बढाइचढाइ कुरा लाउनुहुन्थ्यो। अन्तरविरोध बढाउने मूल पात्र पनि माधव नेपाल हो,” प्रेस सल्लाहकार थापाले नेपालमाथि आरोप लगाए।
नेपाल कहाँ-कहाँ लड्नु हुन्छ?
विशेष कुराकानीका क्रममा उनले नेता नेपालले ‘एमालेभित्र केपी प्रवृत्तिविरुद्ध लड्ने’ भनी दिएको अभिव्यक्तिको समेत स्मरण गरे।
“लडाइँ कहाँ-कहाँ लड्नुहुन्छ, विगत एक वर्षदेखि हामीले प्रत्यक्ष देखेका छौं। उहाँले आफै दिएको अन्तरवार्ता फेरि सुन्नुस र कहाँ हुनुहुन्छ तपाईँ आफै मूल्याङ्कन गर्नुस्,” प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार थापाले भने।
उनले नेता नेपाललाई सबैको नेता बन्न आग्रह गरे। नेपालले गालीगलौजको कुनै सीमा नराखेको उनले बताए। उनले भने, “केपी ओलीलाई समर्थन गर्ने सबै चोर हुन् सम्म भन्नुभयो।”
“आफ्नै सम्पूर्ण दुष्टता, अराजनीतिक क्रियाकलाप, पदलोलुपता, स्वार्थको चक्करमा माधव नेपालले प्रचण्डको बुंख्याःचा बनेर यो सब गर्नुभएको थियो।”
नेपाल प्रचण्डको बुंख्याःचा
केपी ओलीलाई ठेगान लगाउन नेपाल र प्रचण्डले बामदेव गौतमलाई अगाडि सारेको उनले जनाए। त्यहींबाट पार्टीमा अन्तरविरोध सुरु भएको बुझाइ उनको छ। पछि गौतमले पनि पार्टी एकता अभियान सुरु गरी माछा परिहाल्छ कि भनेर ढडिया थापेको आरोप उनले लगाए तर उक्त ढडियाले काम नगरेको ठम्याइ उनको छ।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकताबद्ध नेकपा बनेको उनले बताए तर पार्टीलाई आजको अवस्थामा पु¥याउने मुख्य पात्र नेपाल भएको उनले जनाए।
“आफ्नै सम्पूर्ण दुष्टता, अराजनीतिक क्रियाकलाप, पदलोलुपता, स्वार्थको चक्करमा माधव नेपालले प्रचण्डको बुंख्याःचा बनेर यो सब गर्नुभएको थियो। आज त परिस्थिति एमाले एकातिर हुँदा त उहाँ पनि आउनुप¥यो नि,” प्रेस सल्लाहकार थापाले भने।
आज एकै दिन धूम्बाराहीमा केन्द्रीय कार्यालय साइनबोर्डसहित सबै ७७ जिल्लामा जिल्ला कार्यालय र सबै प्रदेशका प्रदेश कार्यालय स्थापित भएको उनले जानकारी दिए। एमाले ब्युँतिदा जनतामा खुसीयाली छाएको दाबी उनले गरे।
प्रधानमन्त्री ओलीलाई घेराबन्दी गर्ने एकता अघि बढ्दैन
प्रधानमन्त्रीको प्रेस सल्लाहकार थापाले ओलीलाई घेराबन्दी गर्ने दुष्टताका साथ कुनै पार्टी एकता अघि नबढ्ने बताए।
“नेकपाको नयाँ नामका निम्ति निर्वाचन आयोगले १५ दिनभित्र आऊ भनेको छ, तर पार्टी कब्जा गर्ने, आन्दोलनलाई कब्जा गर्ने, प्रधानमन्त्री ओलीलाई असफल पार्ने, घेराबन्दी गर्ने दुष्टताका साथ कुनै एकता अगाडि बढ्दैन,” उनले भने।
एकथरीले यति बेला पुनःअवलोकनको स्टन्ट गरेको आरोप उनले लगाए। सर्वोच्च अदालतको निर्णयमा प्रचण्ड पनि पराजित भएको धारणा उनले राखे।
“नयाँ पार्टी दर्ता गर्ने भए १५ दिनभित्र आउन निर्वाचन आयोगले भनिसक्यो। त्यो दर्ताका लागि पुष्पकमल दाहालसँग साझा निवेदन प्रधानमन्त्री केपी शर्मा ओलीको जान्न। माधव नेपाल त यो पार्टीको को हो र? उहाँ वरिष्ठ नेता पनि होइन। वरिष्ठ नेता झलनाथ खनाल हो। उहाँ तेस्रो वरीयताको नेता हो,” उनले भने, “तेस्रो वरीयताको नेताले गर्न पाउँछ र? कि अध्यक्ष कि महासचिवले पत्राचार गर्ने हो।”
कार्की ब्याङ्क्वेटबाट धूम्बाराही आएर नेपाल अध्यक्ष बन्न सक्दैनन्
कार्की ब्याङ्क्वेटबाट धूम्बाराही आएर नेपाल अध्यक्ष बन्न नसक्ने उनले बताए।
“माधव नेपाल एक समय कार्की ब्याङ्क्वेटको अध्यक्ष हुनुभएको थियो। त्यो अतीत भइसक्यो। त्यसप्रति उहाँले पश्चाताप गरेर, कार्की ब्याङक्वेटमा गरेको निर्णय राजनीतिक जीवनको महाभुल हो भनेर उत्रिनु राम्रो हो। पश्चातापबोध गर्नुपर्छ, क्षमायाचना गर्नुपर्छ, मैले जीवनमा गर्नु नहुने काम गरेँ भनेर जनता, कार्यकर्तासँग माफी माग्नुपर्छ,” प्रेस सल्लाहकार थापाले भने।
आफ्नो तुच्छ स्वार्थका निम्ति पार्टी एकता विपरीत, जनताको अपेक्षाविपरीत नेपाल लागेको उनले बताए। उनले थपे, “यति हुँदा पनि उहाँले अपराधबोध नगरी, क्षमायाचना नगरी म सही थिएँ भन्ने नैतिक साहस कहाँनेर छ।”
प्रचण्डका धेरै इच्छा अब पूरा हुन्नन्
प्रचण्डका धेरै इच्छा अब पूरा नहुने दाबी उनले गरे। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने प्रचण्डको मृगतृष्णा भएको उनले बताए।
“यो सरकार पाँच वर्ष नै चल्छ। प्रधानमन्त्री ओलीज्यूले नै नेतृत्व गर्नुहुन्छ। नेपालको राजनीतिक इतिहासमा ००७ सालदेखि एउटै सरकारले पाँच वर्ष पूरा गरेको छैन। धेरै व्यवस्था, पार्टी र व्यक्ति परिवर्तन भए तर केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार पाँच वर्ष चल्छ। एउटा दृष्टान्त कायम गर्छ। यो जनताको इच्छा हो,” प्रेस सल्लाहकार थापाले भने।
ओलीले पाँच वर्ष सरकार चलाऊन् भनेर तीन वर्षअघि जनताले झण्डै दुई-तिहाइ बहुमत दिएको उनले जनाए। प्रचण्डको कुबुद्धिले जनताको उक्त इच्छा समस्यामा पर्ने जस्तो देखिएको उनले बताए।
“कार्की ब्याङ्क्वेटमा गरेको निर्णय राजनीतिक जीवनको महाभुल हो भनेर उत्रिनु राम्रो हो। पश्चातापबोध गर्नुपर्छ, क्षमायाचना गर्नुपर्छ, मैले जीवनमा गर्नु नहुने काम गरेँ भनेर जनता, कार्यकर्तासँग माफी माग्नुपर्छ।”
“अब उहाँ आफ्नो बाटो लाग्नुभएको छ। आफ्नो बाटोमा लागेपछि उहाँ २०४८ को जनमोर्चाको हालतमा पुग्नुभएको छ। पहिला ९ सिट थियो,” उनले भने।
प्रधानमन्त्री ओलीलाई पार्टीमा घेराबन्दी गरेर पार्टीविहीन, सरकारमा घेराबन्दी गरेर अपदस्थ गर्ने र निर्वाचन चिह्नविहीन बनाउने उनीहरूको सेटिङ असफल भएको दाबी उनले गरे।
विप्लवलाई प्रचण्डका विरुद्ध प्रयोग गर्नु पर्दैन
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले नेत्रविक्रम चन्द ‘विप्लव’लाई प्रचण्डका विरुद्ध प्रयोग गर्नु नपर्ने बताए। विप्लव अरूका लागि दुरुपयोग हुने नेता नभएको विश्वास उनले व्यक्त गरे।
“नेत्रविक्रम चन्द रोल्पाको ग्रामीण परिवेषमा जन्मेर, हुर्केर, खारिँदै आएर राष्ट्रिय राजनीतिमा स्थापित नेता हो,” उनले भने, “उहाँ अरूका लागि परिचालित हुने, अरूका लागि दुरुपयोग हुने नेता होइन। प्रचण्डका विरुद्ध उहाँलाई प्रयोग गर्नुपर्दैन।”
प्रचण्ड अब नेपाली राजनीतिको कुनै उल्लेख्य पात्र नभएको दाबीसमेत उनले गरे। प्रचण्डले भारतको नोयडामा बसेर जनयुद्ध लडेको बताउँदै उनले विप्लव नोयडा बसेको आफूलाई थाहा नभएको जनाए।
“प्रचण्ड अरूको शिखण्डी बनेर युद्ध लड्नुभएको थियो, विप्लव अरूको शिखण्डी बनेको मलाई थाहा छैन,” प्रेस सल्लाहकार थापाले भने।
प्रधानमन्त्रीलाई पार्टीबाट निकाल्नु ‘आपराधिक हमला’
प्रधानमन्त्री ओलीलाई पटकपटक पार्टी सदस्यबाट समेत हटाउने निर्णय गर्नु आपराधिक हमला भएको उनले बताए।
“काठमाडौंका पार्टी प्यालेसहरू सबै भ्याउने गरी उहाँहरूले निष्कासनको घोषणा गर्दै हिँड्नुभएको थियो। त्यो राजनीति थिएन, नैतिक थिएन, सैद्धान्तिक थिएन। वैचारिक थिएन, त्यो आपराधिक हमला थियो। योजनाबद्ध र पार्टी कब्जाको योजनाबद्ध आपराधिक हमला हो,” उनले भने।
आफ्नै पार्टीका नेताहरूले पेरिसडाँडाबाट आफूलगायत ७ जना नेतालाई कारवाही गरेको प्रति उनले आक्रोश व्यक्त गरे।
“हामी केन्द्रिय कमिटीको बैठकमा उहाँ महाशयहरूसँग भेट हुने नै छ। चार-चार पटक आपराधिक हमला गर्नुभयो। पछिल्लोपटक त पेरिसडाँडाबाट भीम रावलले सार्वजनिक गरेअनुसार पार्टीको स्थायी कमिटी सदस्य, संसदीय दलका उपनेता सुभास नेम्वाङ र मसहित सात जना अरू नेताहरूलाई पनि केन्द्रीय कमिटीबाट निलम्बनको कंगारु कोर्टको फैसला उहाँले सुनाउनुभएको थियो,” उनले सम्झिए।
उनले थप अगाडि भने, “उहाँहरूलाई त्यसको पश्चातापबोध हुन्छ कि हुन्न? कार्की ब्याङ्क्वेटको निर्णयको पश्ताचाप बोध हुन्छ कि हुन्न? अपराध बोध हुन्छ कि हुन्न। पेरिस डाँडाबाट गरिएका निर्णयप्रति उहाँहरू पश्चाताप र अपराधबोध गर्नुहुन्छ कि हुन्न?”
एमाले आफ्ना सिद्धान्तअनुसार चल्छ
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले अब एमाले आफ्ना मूल्यमान्यता र सिद्धान्तअनुसार चल्ने बताए।
“पेरिसडाँडामा बनेका एजेन्डा एमालेमा चल्दैन। हिजो प्रचण्डका एजेन्डाका गतिविधि हुन्थ्यो, अब सह्य हुँदैन। हिजो बदमासी गर्नेले त्यसको मूल्य चुकाउनुपर्छ,” उनले भने।
एमालेको मूल नेता प्रधानमन्त्री ओली भएको उनले स्पष्ट पारे। विधानअनुसार ओली नै पार्टी नेता भएको उनले जनाए।
“पार्टी नेतालाई खुइल्याएर होइन, पार्टीको संस्थागत निर्णयअनुरूप र नेतृत्वको निर्देशनअनुरूप चल्नुपर्छ। व्यक्तिगत कुण्ठा चल्दैन,” प्रेस सल्लाहकार थापाले भने।
" /> काठमाडौँ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पुस ५ गते देखि फागुन २३ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएका अभिव्यत्तिको हिसाब-किताब राखिएको बताएका छन्।देखापढीसँग आज विशेष कुराकानी गर्दै प्रेस सल्लाहकार थापाले जनताले समेत ती अभिव्यत्तिको हिसाब गर्ने बताए।

">