काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि वार्ताका ढोका खुल्ला रहेको बताएका छन्।
उनले दुई पार्टी पुरानै अवस्थामा ब्युँतिएपछि प्रचण्ड स्वतन्त्र बनेको दाबी गरे। “हिजोसम्म प्रचण्डलाई उकुसमुकुस भएको थियो। पार्टीभित्र पूर्वएमालेको एक पक्षको साथ थियो, अर्को पक्षसँग वार्ता गर्न नसक्ने अवस्था सिर्जना भएको थियो। तर अहिले प्रचण्डले बल्ल स्वतन्त्र भएको महसुस गर्नुभएको छ,” आज देखापढीसँग कुरा गर्दै नेता पौडेलले भने।
सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्ड कमजोर भए भन्‍ने हल्ला चलाइएको आरोप उनले लगाए। उनले थप स्पष्ट पारे, “त्यस्तो होइन, प्रचण्ड कमजोर नभएर स्वतन्त्र भएको माओवादी केन्द्रले महसुस गरेको छ।”
सरकार निर्माणका लागि माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालसँग छलफल गरिरहेको जानकारी उनले दिए। “परिस्थिति बलियो हुनेबित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्छ वा अविश्वासको प्रस्ताव लैजान्छौं,” नेता पौडेलले भने।
नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनालले ओलीको प्रतिगामी व्यवहारविरुद्ध पार्टीभित्र लडे भने उनीहरूसँग थप सहकार्य गर्ने पौडेलले बताए। राजनेता बन्‍ने भए ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने उनको तर्क छ।
“ओली राजनेता हुन् भने नैतिकताको आधारमा राजीनामा दिनुपर्छ र वृहत एकताका लागि छलफल थाल्नुपर्छ,” नेता पौडेलले भने।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको सम्भावना बाँकी रहेको जनाउँदै उनले नयाँ ढंगले एकता अभियान अगाडि बढाउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भी र घमण्डी बानीका कारण अहिलेको अवस्था आएको आरोप उनले लगाए। ओली सीमित व्यक्तिको नेतामात्रै भएको टिप्पणीसमेत नेता पौडेलले गरे।
“ओलीसँगका यी तीन वर्ष सम्झँदा उतारचढाव मात्रै रह्यो। सरकारले जनपक्षीय काम गरेको छैन, तर मेलम्चीको पानी सुन्दरीजल पुर्‍याए भनेर ओलीले प्रचार गरिरहेका छन्। यो कामका लागि यो तीन दशकमा काम गर्ने सबैको महत्त्वपूर्ण भूमिका रहेको छ। अहिले ओलीले मात्रै जस लिन खोजेका छन्,” नेता पौडेलले भने।
भिडियो:
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि वार्ताका ढोका खुल्ला रहेको बताएका छन्।
उनले दुई पार्टी पुरानै अवस्थामा ब्युँतिएपछि प्रचण्ड स्वतन्त्र बनेको दाबी गरे। “हिजोसम्म प्रचण्डलाई उकुसमुकुस भएको थियो। पार्टीभित्र पूर्वएमालेको एक पक्षको साथ थियो, अर्को पक्षसँग वार्ता गर्न नसक्ने अवस्था सिर्जना भएको थियो। तर अहिले प्रचण्डले बल्ल स्वतन्त्र भएको महसुस गर्नुभएको छ,” आज देखापढीसँग कुरा गर्दै नेता पौडेलले भने।
सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्ड कमजोर भए भन्‍ने हल्ला चलाइएको आरोप उनले लगाए। उनले थप स्पष्ट पारे, “त्यस्तो होइन, प्रचण्ड कमजोर नभएर स्वतन्त्र भएको माओवादी केन्द्रले महसुस गरेको छ।”
सरकार निर्माणका लागि माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालसँग छलफल गरिरहेको जानकारी उनले दिए। “परिस्थिति बलियो हुनेबित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्छ वा अविश्वासको प्रस्ताव लैजान्छौं,” नेता पौडेलले भने।
नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनालले ओलीको प्रतिगामी व्यवहारविरुद्ध पार्टीभित्र लडे भने उनीहरूसँग थप सहकार्य गर्ने पौडेलले बताए। राजनेता बन्‍ने भए ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने उनको तर्क छ।
“ओली राजनेता हुन् भने नैतिकताको आधारमा राजीनामा दिनुपर्छ र वृहत एकताका लागि छलफल थाल्नुपर्छ,” नेता पौडेलले भने।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको सम्भावना बाँकी रहेको जनाउँदै उनले नयाँ ढंगले एकता अभियान अगाडि बढाउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भी र घमण्डी बानीका कारण अहिलेको अवस्था आएको आरोप उनले लगाए। ओली सीमित व्यक्तिको नेतामात्रै भएको टिप्पणीसमेत नेता पौडेलले गरे।
“ओलीसँगका यी तीन वर्ष सम्झँदा उतारचढाव मात्रै रह्यो। सरकारले जनपक्षीय काम गरेको छैन, तर मेलम्चीको पानी सुन्दरीजल पुर्‍याए भनेर ओलीले प्रचार गरिरहेका छन्। यो कामका लागि यो तीन दशकमा काम गर्ने सबैको महत्त्वपूर्ण भूमिका रहेको छ। अहिले ओलीले मात्रै जस लिन खोजेका छन्,” नेता पौडेलले भने।
भिडियो:
"> एमाले-माओवादी केन्द्रबीच एकताको सम्भावना अझै छ, प्रचण्ड कमजोर होइन स्वतन्त्र भएका छन् : देवेन्द्र पौडेल (भिडियोसहित): Dekhapadhi “हिजोसम्म प्रचण्डलाई उकुसमुकुस भएको थियो। पार्टीभित्र पूर्वएमालेको एक पक्षको साथ थियो अर्को पक्षसँग वार्ता गर्न नसक्ने अवस्था सिर्जना भएको थियो।”
• “परिस्थिति बलियो हुनेबित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्छ वा अविश्वासको प्रस्ताव लैजान्छौं।”
• “ओली राजनेता हुन् भने नैतिकताको आधारमा राजीनामा दिनुपर्छ र वृहत एकताका लागि छलफल थाल्नुपर्छ।”
एमाले-माओवादी केन्द्रबीच एकताको सम्भावना अझै छ, प्रचण्ड कमजोर होइन स्वतन्त्र भएका छन् : देवेन्द्र पौडेल (भिडियोसहित)
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि वार्ताका ढोका खुल्ला रहेको बताएका छन्।
उनले दुई पार्टी पुरानै अवस्थामा ब्युँतिएपछि प्रचण्ड स्वतन्त्र बनेको दाबी गरे। “हिजोसम्म प्रचण्डलाई उकुसमुकुस भएको थियो। पार्टीभित्र पूर्वएमालेको एक पक्षको साथ थियो, अर्को पक्षसँग वार्ता गर्न नसक्ने अवस्था सिर्जना भएको थियो। तर अहिले प्रचण्डले बल्ल स्वतन्त्र भएको महसुस गर्नुभएको छ,” आज देखापढीसँग कुरा गर्दै नेता पौडेलले भने।
सरकार निर्माणका लागि माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालसँग छलफल गरिरहेको जानकारी उनले दिए। “परिस्थिति बलियो हुनेबित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्छ वा अविश्वासको प्रस्ताव लैजान्छौं,” नेता पौडेलले भने।
“ओली राजनेता हुन् भने नैतिकताको आधारमा राजीनामा दिनुपर्छ र वृहत एकताका लागि छलफल थाल्नुपर्छ,” नेता पौडेलले भने।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको सम्भावना बाँकी रहेको जनाउँदै उनले नयाँ ढंगले एकता अभियान अगाडि बढाउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भी र घमण्डी बानीका कारण अहिलेको अवस्था आएको आरोप उनले लगाए। ओली सीमित व्यक्तिको नेतामात्रै भएको टिप्पणीसमेत नेता पौडेलले गरे।
भिडियो:
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्