काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ। आज बिहान ९ बजेपछि बस्ने गरी बैठक बोलाएको हो।
बैठकमा एमालेमा गएका नेताहरूलाई कारबाही र नयाँ सत्ता समीकरणबारे छलफल हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए। तर आकस्मिक बैठक बोलाइएको भन्दै बैठक सानुपर्ने अवस्था आउन सक्ने बताए।
“बैठक बोलाइएको छ, तर आकस्मिक भयो र बैठक बोलाउने परिपाटी अलिक भएन कि भन्ने पनि लागेको छ”, उनले देखापढीसँग भने, “बैठक सार्नुपर्ला जस्तो छ।”
नेकपा एमालेको केपी शर्मा ओली पक्षको हिजो बसेको बैठकले सोही पार्टीका नेता माधवकुमार नेपाल पक्षका दुई नेताको जिम्मेवारी खोसेका थियो।
खोसेर दुई नेताको जिम्मेवारी माओवादीबाट एमालेमा गएका नेता रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टलाई दिएको छ। बादल बागमती प्रदेश र भट्ट सुदूरपश्चिम प्रदेश इञ्चार्ज भएका छन्।
त्यसअघि बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेश इञ्चार्जमा भीम रावल प्रदेश इञ्चार्ज थिए।
माओवादीका प्रदेश इञ्चार्जको जिम्मेवारी पाएकासहित २३ जना नेताहरूलाई केन्द्रीय कमिटी मनोनित पनि बैठकले गरेको छ।
यसरी यसअघि नेकपा हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा रहेका र सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसलाअनुसार पूर्ववर्ती पार्टी ब्युँतिदा एमालेमा माधव पक्षका नेताहरू गएका थिए।
गएको केही दिनमै जिम्मेवारी खोसिएपछि यता माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्न लागेको हो। बैठकमा नयाँ सत्ता समीकरणबारे पनि छलफल हुने भएको छ।
" /> काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ। आज बिहान ९ बजेपछि बस्ने गरी बैठक बोलाएको हो।बैठकमा एमालेमा गएका नेताहरूलाई कारबाही र नयाँ सत्ता समीकरणबारे छलफल हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए। तर आकस्मिक बैठक बोलाइएको भन्दै बैठक सानुपर्ने अवस्था आउन सक्ने बताए।

">