काठमाडौं। प्रतिनिधिसभामा चौंथो दलको हैसियतमा रहेपनि सत्ता समीकरणमा निर्णायक भूमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गर्ने भएका छन्।
भेटघाटको समय निर्क्याैल हुन भने बाँकी रहेको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्डसँग जसपा नेताहरूले सत्ता समीकरण र पार्टीले उठाउँदै आएको तीन बुँदे मागबारे छलफल गर्ने भएका छन्।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यसअघि नै सत्ता समीकरण, संसद् सञ्चालन र अन्य राजनीतिक प्रक्रियाबारे वार्ताका लागि पहिलो प्राथमिकता नेपाली कांग्रेससँगै जसपालाई दिने निर्णय गरेको थियो।
जसपा नेताहरू डा.बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतले हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँग उनकै निवास बूढानीलकण्ठमा भेटघाट गरेका छन्। कार्यदल गठन गरेर सत्तारुढ एमालेसँग पनि जसपाले आन्तरिक रूपमा छलफल गर्दै आएको छ।
जसपाका अध्यक्षमध्येका ठाकुर र महतो समूहले कारागारमा रहेका सांसद रेशम चौधरीको रिहा, मधेससँगै थरुहट आन्दोनलका क्रममा नेता कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता र संविधान संशोधनको एजेण्डलाई जसले पूरा गर्छ, उसैलाई समर्थन गर्ने बताउँदै आएको छ।
जसपाको प्रतिनिधिसभामा ३४ सिट छ। तर रेशमसँगै अर्का सांसद हरिनारायण रौनियार निलम्बनमा छन्। दुई सांसद निलम्बनपछि ३२ सांसद प्रतिनिधिसभामा रहेपनि जसपा सत्ता गठबन्धनमा निर्णायक छ।
एमालेलाई समर्थन गरेपनि सरकार बन्छ। कांग्रेस र माओवादीलाई समर्थन गरेपनि सरकार बन्छ। निर्णायक शक्तिको रूपमा रहेपछि जसपालाई ‘बार्गेनिङ’ गर्न सहज भएको छ।
" /> काठमाडौं। प्रतिनिधिसभामा चौंथो दलको हैसियतमा रहेपनि सत्ता समीकरणमा निर्णायक भूमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गर्ने भएका छन्।भेटघाटको समय निर्क्याैल हुन भने बाँकी रहेको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्डसँग जसपा नेताहरूले सत्ता समीकरण र पार्टीले उठाउँदै आएको तीन बुँदे मागबारे छलफल गर्ने भएका छन्।

">