काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित सबै मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटीको बैठकले बादलसहित सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको हो ।
माआवादीबाट गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी मन्त्री छन् ।
यसैगरी एमालेको केन्द्रीय कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय समेत माओवादी केन्द्रले गरेको छ ।
यस्तै २०७७ चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ भने २०७७ चैत्र १ गते हुने केन्द्रीय कमिटीको बैठक भने यथावत राखिएको छ ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई बागमती प्रदेश, लेखराज भट्टलाई सुदूरपश्चिम र मणि थापालाई कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
" /> काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित सबै मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटीको बैठकले बादलसहित सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको हो ।

">