प्रदेश १ को प्रदेशसभा बैठक फेरि स्थगित

काठमाडौं। प्रदेश १ को प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको चाैथो बैठक फेरि स्थगित भएको छ।

बैठक भोलि १२ : ३० बजेका लागि आह्वान गरिएको थियो। तर प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आज बैठक स्थगितको सूचना प्रकाशन गरेका छन्।

विशेष कारणले बैठक स्थगित गर्नु परेको उनले सूचनामा उल्लेख गरेका छन्।

उनले प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका हुन्।

बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश संसद्मा पेस भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने अवस्था थियो।

प्रतिक्रिया दिनुहोस्