काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गरेर ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने तयारी गरेको छ।
शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकमा छलफल भएअनुसार आजको केन्द्रीय कमिटी बैठकमा नामबारे प्रस्ताव नै समेटिएको छ।
एक जना पार्टी केन्द्रीय कमिटी सदस्यले नाम चाहिँ नेपाली कम्युनिस्ट पार्टी राख्ने भनिएको तर सोही नामको प्रस्ताव भने आउन बाँकी रहेको बताए।
“त्यही नामको प्रस्ताव आउने होला”, उनले देखापढीसँग बताए।
अन्य पार्टीबाट आएका कम्युनिस्ट नेता कार्यकर्ताहरूलाई सहजताको लागि उक्त नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राखिनु पर्नेमा माओवादी केन्द्र पुगेको हो।
माओवादी भन्ने बित्तिकै सबै कम्युनिस्टहरू अटाउन नसक्ने उक्त पार्टीको निष्कर्ष छ।
" /> काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गरेर ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने तयारी गरेको छ।शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकमा छलफल भएअनुसार आजको केन्द्रीय कमिटी बैठकमा नामबारे प्रस्ताव नै समेटिएको छ।

">