काठमाडौं। संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालबीचको बैठक आज बस्ने भएको छ।
नयाँ सत्ता समीकरणबारे छलफल गर्न बैठक बस्ने लागेको हो। बैठकको समय भने तय हुन बाँकी रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
“आजै छलफल गर्ने भन्ने छ तर समय तोकिन बाँकी छ”, प्रवक्ता शर्माले देखापढीलाई बताए। तीन दलीय गठबन्धन बनाएर कांग्रेसले सरकारको नेतृत्व गर्छ भन्ने प्रश्नमा शर्माले त्यसबारे संवाद भइरहेको बताए।
नेकपा एमाले र माओवादी केन्द्र खण्डित भएपछि दुवै पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्राप्त गरेको जनादेश पनि खण्डित भएको भन्दै अब विधिवत रूपमा प्रक्रिया चालेर अगाडि बढ्ने बताए।
“जस (नेकपा) लाई निर्वाचनबाट सरकार चलाउन जनादेश प्राप्त भएको थियो र खण्डित भएपछि त जनादेश पनि खण्डित भएको छ”, हामी (कांग्रेस) लाई चाँहि गत निर्वाचनले प्रतिपक्षीको भूमिका दिएको थियो । तर अब परिस्थिति त्यो रहेन र सत्ता समीकरणबारे संवाद भइरहेको छ।”
कांग्रेस संसद्को प्रमुख प्रतिपक्षी दल भएपनि सरकारमा जाने कि नजाने भन्ने स्पष्ट धारणा सार्वजनिक गरेको छैन।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले फागुनको ११ गते प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला सुनाउनु केही दिनअघि भावी प्रधानमन्त्री नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा भनेका थिए।
विघटनको निर्णयलाई बदर गर्दै प्रतिनिधिसभा पुनःस्थापनापछि प्रचण्ड बूढानीलकण्ड नै पुगेर सरकारको नेतृत्व लिन आग्रह गरेको विवरण सार्वजनिक भएको थियो।
माओवादीले कांग्रेसलाई समर्थन गर्ने जनाइसकेको छ। यद्यपि कांग्रेस अन्यौलमा रहँदा सत्ता समीकरणमा निर्णायक शक्ति जनता समाजवादी पार्टी (जसपा) नेपाल भने अनिर्णित छ।
कांग्रेस र माओवादी सम्मिलित गठनबन्धनलाई समर्थन गर्ने कि सत्तारूढ नेकपा एमालेलाई गर्ने भन्नेमा जसपा अनिर्णित भएको हो।
जसपाले एमालेसँग छलफल गर्न कार्यदल नै गठन गरेको छ। कार्यदलले अनौपचारिक रूपमा छलफल गरिरहेको छ।
तर यता कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग पनि नेताहरू डा.बाबुराम भट्टराई, महन्थ ठाकुरलगायतले छुट्टाछुट्टै भेटघाट गरेपछि दुवै पार्टी जसपाको मागप्रति सकारात्मक देखिएको र तीन दल मिलेर नयाँ सत्ता समीकरण बनाउने विषयमा आज छलफल हुने भएको जसपाका एक नेताले बताए।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले भने बैठकबारे अनविज्ञता प्रकट गरे। “बैठक बस्ने विषयमा केही थाहा छैन, बस्ने पनि हुन सक्छ” श्रेष्ठले बताए।
जसपाले सांसद रेशम चौधरीको रिहाइ, मधेस र थरुहट आन्दोलनको क्रममा विभिन्न मुद्दा लागेका नेता कार्यकर्ताको मुद्दा फिर्तासँगै संविधान संशोधनको माग अघि सारेको छ।
यी तीन माग जसले पूरा गर्छ, उसैलाई समर्थन गर्ने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताउँदै आएका छन्।