सरकारलाई दिएको समर्थन माओवादीले किन फिर्ता लिएन ?
<p>सर्वोच्च अदालतको फैसलापछि राजनीतिक ‘कोर्स’ बदलिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समिकरणका लागि छलफल भइरहेको छ । यता, एमाले नेतृत्वको सरकारलाई समर्थन गर्नेबारे जसपा पनि अन्योलमा छ । अर्कोतिर, माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदा राजनीतिक जटिलता बढेको छ । त्यसो भए माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन किन फिर्ता लिँदैन ? कांग्रेस र जसपाले कसलाई साथ देलान् ? तत्काल सरकार परिवर्तन होला त ?</p>
<p>आज हामी यसै सन्दर्भमा देखापढी हट इस्यूमा सत्तारुढ नेकपा एमालेका नेता सुजिता शाक्य र नेपाली कांग्रेसका नेता जग्दिश्वर नरसिंह केसीले बहस गर्दैछन् । प्रस्तोता</p>
प्रतिक्रिया दिनुहोस्