काठमाडौं। नेकपा एमालेका माधवकुमार नेपाल पक्षका नेता तथा पार्टी उपाध्यक्ष भीम रावलले फागुन २८ गते पार्टीको विशेष केन्द्रीय कमिटीले गरेका निर्णयहरू रद्द गर्नुपर्ने बताएका छन्। सोही अडान आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा दोहोर्याएको बताए।
निर्णयहरू रद्द गरिए त्यसअघिका सबै गतिविधिहरूलाई दुवै पक्षले स्थगित गरिनु पर्ने कुरा राखिएको पनि बताए। तर पार्टी अध्यक्ष ओली भने निर्णयहरू रद्द गर्ने विषयमा मौन रहेको बताए।
“फागुन २८ गते जुन प्रकारको बैठक बसेर निर्णय गरेको भनिएको थियो, बैठक औपचारिक थिएन, बहुमत केन्द्रीय कमिटी सदस्यहरू पनि थिएनन् भन्ने सुनेको छु, उक्त बैठक सर्वोच्च अदालतको फैसलाअनुकूल पनि भएन र त्यसलाई मान्ने हो भने सर्वोच्च अदालतको फैसला मान्ने कुरा भएन,” नेता रावलले थपे, “आजको बैठकमा के-के कारणले कुरा गर्न उहाँ (पार्टी अध्यक्ष ओली) तयार हुनुभएन, थाहा भएन।”
उनले पार्टीलाई एकताबद्ध र सशक्त पार्टी बनाउने चाहना रहेको बताए।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण पूर्वको अवस्थामा फर्केको हुनाले २३ गतेपछि शून्य अवस्था भएकोले त्यसबीचमा भएका गतिविधि र निर्णयहरू दुवै पक्षबाट स्थगित र रद्द गरे पार्टी एकता सुदृढ हुने पनि बताए।
“स्वाभाविक रूपमा तीन वर्ष अगाडि जुन स्थितिमा थियौं, त्यहीबाट पार्टीको कामकारबाही अगाडि बढाउनुपर्छ र त्यो कानुनी दृष्टिकोबाट पनि उपयुक्त छ,” नेता रावलले भने, “२३ गतेको पछिको कुराहरू शून्य हुन्छ, त्यो समय शून्य समय हो र २८ गतेको निर्णयहरू हामीले मान्ने कुरा भएन।”
बैठकमा पार्टी अध्यक्ष ओली पनि पार्टी एकताको पक्षमा रहेको पाइएको उनले बताए। पार्टीलाई एकताबद्ध कसरी बनाउन सकिन्छ भन्ने विषयले पनि बैठकमा स्थान पाएको नेता रावलको भनाइ छ।
उनले एमाले विभाजन गर्ने कुनै पनि गतिविधिविरुद्धमा रहेको पनि बताए।
" /> काठमाडौं। नेकपा एमालेका माधवकुमार नेपाल पक्षका नेता तथा पार्टी उपाध्यक्ष भीम रावलले फागुन २८ गते पार्टीको विशेष केन्द्रीय कमिटीले गरेका निर्णयहरू रद्द गर्नुपर्ने बताएका छन्। सोही अडान आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा दोहोर्याएको बताए।निर्णयहरू रद्द गरिए त्यसअघिका सबै गतिविधिहरूलाई दुवै पक्षले स्थगित गरिनु पर्ने कुरा राखिएको पनि बताए। तर पार्टी अध्यक्ष ओली भने निर्णयहरू रद्द गर्ने विषयमा मौन रहेको बताए।

">