काठमाडौं। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एमालेलाई थप व्यवस्थित र एकताबद्ध बनाउने विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच छलफल भएको बताएका छन्।
बैठकको साझा निष्कर्ष नै सर्वोच्च अदालतले पार्टीलाई २०७५ जेठ २ को अवस्थाअगाडि नै पु¥याएको हुनाले सुसंगठित, एकताबद्ध र व्यवस्थित बनाउने भन्ने रहेको बताए।
त्यसका लागि अध्यक्ष ओली र नेता नेपालले पहलकदमी अगाडि बढाउनुपर्नेमा बैठकमा सहभागीहरूको जोड रहेको बताए। उनले बैठकमा फागुन २८ गते पार्टीको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयहरू रद्द गर्नुपर्ने नेता नेपाल र उनीपक्षीय नेताहरूले अडान राख्दा नेपाल पक्षले काठमाडौंको अर्याल होटलमा गरेको निर्णय, अध्यक्ष ओलीविरुद्ध २८ कात्तिकमा प्रस्तुत गरेको आरोप पत्रलगायत विषयमाथि समीक्षा हुनुपर्ने भनिएको बताए।
उक्त विषयहरूमाथि यथासमयमा समीक्षा गर्ने पनि बताए।
यस्तै परराष्ट्र मन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बैठकमा देशका अन्य वामपन्थी शक्तिहरूलाई पनि एकतामा जोड्दै सिंगो देशलाई अगाडि बढाउनुपर्ने विषय उठेको बताए। तर पार्टीभित्र उठेका प्रश्नहरूबारे भने एउटै विन्दुमा पुगिनसकेको बताए।
नेता माधव नेपाल पक्षले २८ फागुनको बैठकमा भएका निर्णयहरू स्थगित गरौँ भनेको र अध्यक्ष ओलीले स्थगित नभई गर्नुपरे पुनरवलोकन र समीक्षा गरौं भनेको बताए।
बैठकमा नेपाल पक्षले यही चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेला रोक्नुपर्ने र भेलाले पार्टी एकतामा समस्या पैदा गर्ने भनिएको पनि बताए।
अब अनौपचारिक ढङ्गले पार्टीको दुई पक्षबीच छलफल निरन्तर गर्नेर विभिन्न तहमा पनि छलफल गर्ने भएको बताए।
" /> काठमाडौं। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एमालेलाई थप व्यवस्थित र एकताबद्ध बनाउने विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच छलफल भएको बताएका छन्।बैठकको साझा निष्कर्ष नै सर्वोच्च अदालतले पार्टीलाई २०७५ जेठ २ को अवस्थाअगाडि नै पु¥याएको हुनाले सुसंगठित, एकताबद्ध र व्यवस्थित बनाउने भन्ने रहेको बताए।

">