काठमाडौं। सरकारले विभिन्न समयमा जारी गरेका अध्यादेशहरू पेश नगर्ने गरी संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ।
संसद् बैठक भोलि दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ।
बैठकका लागि दुईवटा सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ। त्यहाँ अध्यादेशहरू पेश गर्ने भनिएको छैन।
सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने र संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको बताएका छन्।
यादवको निधन २०७७ माघ १ गते भएको थियो। गत २०७० मा भएको संविधानसभा निर्वाचनमा उनी बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
उनी निर्वाचित भएपछि खानेपानी तथा सरसफाइ राज्यमन्त्री भएका थिए।
यसअघि फागुन २३ गते बसेको संसद बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ प्रस्तुत गरेका थिए।
तर नेकपा माओवादी केन्द्रको बहिष्कार र नेपाली कांग्रेसले अध्यादेशको विरोध गर्दै फिर्ता लिनुपर्ने भन्दै संसद् बैठक नै अवरुद्ध पारेका थिए।
त्यसपछि फागुन २६ गते बसेको संसद् बैठक भने विभिन्न समयमा दिवंगत भएका संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यहरूप्रति शोक प्रस्ताव पारित गर्दै सकिएको थियो।
" /> काठमाडौं। सरकारले विभिन्न समयमा जारी गरेका अध्यादेशहरू पेश नगर्ने गरी संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ।संसद् बैठक भोलि दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ।

">