काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ। बैठक अहिले साढे ४ बजेदेखि शितलनिवासमा शुरु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
बैठकमा सकारकार तर्फबाट प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सहभागी छन्। एमालेको वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा सहभागी छैनन्।
त्यस्तै नेपाली कांग्रेसको तर्फबाट पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र उपसभापति बिमलेन्द्र निधि सहभागी छन् भने नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सचेतक देव गुरुङ र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।
जनता समाजवादी पार्टी नेपालको तर्फबाट अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो सहभागी छन्। जसपा संघीय परिषद्का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने सहभागी छैनन्। नेमकिपाको तर्फबाट सांसद प्रेम सुवाल, राप्रपाको तर्फबाट अध्यक्ष प्रकाशचन्द्र लोहनी सहभागी छन्।
त्यस्तै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी छन्।
" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ। बैठक अहिले साढे ४ बजेदेखि शितलनिवासमा शुरु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।बैठकमा सकारकार तर्फबाट प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सहभागी छन्। एमालेको वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा सहभागी छैनन्।

">