काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक सकिएको छ। आज अपराह्न बोलाइएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरू पुगेका थिए।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानुको विकल्प नरहेको बताएका थिए। पुनःस्थापित प्रतिनिधिसभाको शुरुको दिनको बैठकमा नै काम गर्न नसक्ने संकेत मिलेको भन्दै ताजा जनादेशमा जानुको विकल्प नरहेको प्रधानमन्त्रीको भनाइ थियो।
प्रधानमन्त्रीको भनाइमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले प्रतिवाद गरेका थिए। संसद सुचारु गर्नुको विकल्प नरहेको पौडेलको भनाइ थियो। त्यसका लागि पहिला नै राष्ट्रपतिले पहल लिनुपर्ने भन्दै अब प्रधानमन्त्रीले नै कदम चाल्नुपर्ने उनको भनाइ थियो।
राष्ट्रपति भण्डारीले मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी थिइन्।
हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको बताएकी थिइन्। नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको भन्दै यो असल संस्कार निरन्तर कायम रहनुपर्नेमा जोड दिएकी थिइन्।
नेपालको अतिक्रमित भूभाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताहरूप्रति धन्यवाद दिएकी थिइन्।
बैठकमा राष्ट्रपतिले मित्रराष्ट्र बंगलादेशका राष्ट्रपतिबाट त्यहाँका राष्ट्रपति बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुन मैत्रीपूर्ण निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बंगलादेशको राजकीय भ्रमण गर्न लागेको जानकारी गराइएको थियो। नेताहरूले राष्ट्रपतिलाई भ्रमणको सफलताको शुभकामना दिएका थिए।
बैठकमा सकारकार तर्फबाट प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सहभागी थिए भने एमालेको वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा गएनन्।
त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र उपसभापति विमलेन्द्र निधि सहभागी थिए। नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सचेतक देव गुरुङ र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालको तर्फबाट अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो सहभागी छन्। जसपा संघीय परिषद्का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने सहभागी भएनन्। नेमकिपाको तर्फबाट सांसद प्रेम सुवाल, राप्रपाको तर्फबाट अध्यक्ष प्रकाशचन्द्र लोहनी सहभागी थिए।
त्यस्तै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी थिए।
" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक सकिएको छ। आज अपराह्न बोलाइएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरू पुगेका थिए।छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानुको विकल्प नरहेको बताएका थिए। पुनःस्थापित प्रतिनिधिसभाको शुरुको दिनको बैठकमा नै काम गर्न नसक्ने संकेत मिलेको भन्दै ताजा जनादेशमा जानुको विकल्प नरहेको प्रधानमन्त्रीको भनाइ थियो।

">