काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि हुँदै छ।
देशभरबाट नेता कार्यकर्ता राजधानीमा आइसकेका छन्। भेला भोलिसम्म हुने छ।
पार्टीलाई सुदृड, एकताबद्ध, क्रियाशील र विधिसम्मत रूपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न भेला आयोजना गरेको सो पक्षले जनाएको छ।
भेलालाई नेताद्वय नेपाल र खनालसहितका नेताहरूले सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले भेला रोक्न भनेका छन्। तर नेपाल–खनाल पक्षले भेला नरोक्ने स्पष्ट पारेको छ।
ओलीले भेला नरोकिए पार्टी विधान, संविधान, राजनीतिक दलसम्बन्धीको ऐनलगायतबाट कारबाही गर्ने चेतावनी दिएका छन् ।
हिजो नै नेपाल–खनाल पक्षका नेता तथा एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले कारबाहीका लागि लामबद्ध हुन तयार भएको तर भेला नरोकिने बताएका थिए।
नेपाल–खनाल पक्षले फागुन २८ गते ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेका सबै निर्णयहरू रद्द गर्नुपर्ने माग सारेको छ।
पार्टीलाई २०७५ जेठ २ को स्थितिबाट अगाडि बढाउनुपर्ने र त्यसबीचमा भएका सबै गतिविधिलाई शून्य मान्नुपर्ने अडान पनि राखेको छ। अध्यक्ष ओलीेले भने गरेका निर्णयहरू रद्द गर्न चाहेका छैनन्।
फागुन २८ गते विधान संशोधन गर्दै अध्यक्ष र महासचिवबाहेकका पदाधिकारीको पद खारेज गर्ने, माओवादीबाट आएकामध्ये २३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने, त्यसैमध्येका रामबहादुर थापा ‘बादल’ लाई बागमती प्रदेश इञ्चार्ज र लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिएको थियो।
दुवै जिम्मेवारी नेपाल–खनाल पक्षका नेताहरू अष्टलक्ष्मी शाक्य र भीम रावलको खोसेर दिएको हो।
यसपछि नेपाल–खनाल पक्ष अध्यक्ष ओली पक्षसँग थप रूस्ट बनेको छ। सोही कारण ओलीले मङ्गलबार आयोजना गरेको चियापानमा र राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजना गरेको सर्वदलीय बैठकमा नेपाल– खनाल गएनन्।
" /> काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि हुँदै छ।पार्टीलाई सुदृड, एकताबद्ध, क्रियाशील र विधिसम्मत रूपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न भेला आयोजना गरेको सो पक्षले जनाएको छ।

">