काठमाडौं। नेकपा एमालेको ‘माधव–खनाल’ पक्षका नेता माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी पक्षबाट पीडित भएका कार्यकर्ता र पीडित भएका नेताहरूबीचको भेला भनेका छन्।
उनले ओलीलाई गुटबन्दी गर्ने नेता भएको पनि आरोप लगाए। “गुटको सुरुवात उहाँले मदन भण्डारी फाउण्डनेसनको नामबाट गर्नुभयो। तपाईंहरू पनि पीडित हुनुभयो। हामी पनि पीडित। पीडित पीडित एक ठाउँमा छौं र सबैको पीडा र वेदना एउटै छ, त्यो विधि विधान मिच्नेदेखि पूर्वाग्रहपूर्ण व्यवहार सहनुपर्नेसम्म”, नेता नेपालले बताए।
त्यसो हुनाले नेताहरू पदका लागि हानाथापमा परेका छैनन् भन्ने कार्यकर्ताहरूलाई पनि थाहा भएको बताए। उनले पार्टी संकटकालीन स्थितिमा आउनुको पछि जिम्मेवार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली रहेको आरोप लगाए।
त्यसका लागि तथ्य र प्रमाणहरू पर्याप्त भएको उनको दाबी छ। हाल पार्टीमा पदको नभइ पार्टीको सिद्धान्त, नीति, विधि, पार्र्टी निर्माण, विचार, उदेश्य, लक्ष्य आदिसँग जोडिएको लडाइँ भइरहेको बताए।
" /> काठमाडौं। नेकपा एमालेको ‘माधव–खनाल’ पक्षका नेता माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी पक्षबाट पीडित भएका कार्यकर्ता र पीडित भएका नेताहरूबीचको भेला भनेका छन्।उनले ओलीलाई गुटबन्दी गर्ने नेता भएको पनि आरोप लगाए। “गुटको सुरुवात उहाँले मदन भण्डारी फाउण्डनेसनको नामबाट गर्नुभयो। तपाईंहरू पनि पीडित हुनुभयो। हामी पनि पीडित। पीडित पीडित एक ठाउँमा छौं र सबैको पीडा र वेदना एउटै छ, त्यो विधि विधान मिच्नेदेखि पूर्वाग्रहपूर्ण व्यवहार सहनुपर्नेसम्म”, नेता नेपालले बताए।

">