काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको आज राष्ट्रिय कार्यकारिणी समितिको बैठक बस्दै छ।
बिहान ११ बजेपछि बस्ने बैठकले पार्टीको संसदीय दलको नेता र उपनेता चयन गर्ने भएको छ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गत वैशाखमा एकीकरणपछि जसपा बनेपनि एकीकृत दलको नेता र उपनेता छनोट भएको छैन।
नयाँ सत्ता समीकरणको चक्कर चलिरहँदा जसपाले दलको नेता र उपनेता छनोट गर्न लागेको हो।
सत्ता समीकरणका लागि जसपा प्रतिनिधिसभाको निर्णायक दल हो। केपी शर्मा ओली नेतृत्वको वर्तमान नेकपा एमालेको सरकारलाई समर्थन गरेपनि सरकारले निरन्तरता पाउने अवस्था छ र कांग्रेससँगै माओवादी केन्द्रलाई समर्थन गर्दा पनि नयाँ सरकार गठन हुने अवस्था छ।
यसरी निर्णायक बनेको पार्टीको संसदीय दलमा को नेता चयन होला? चासोका साथ हेरिएको छ।
स्रोतका अनुसार जसपाले महन्थ ठाकुरलाई दलको नेता चयन गर्ने भएको छ। उनी पार्टीका अध्यक्षमध्येका एक हुन्।