काठमाडौं । संविधानसभा सदस्य तथा नेपाली कांग्रेसको मोरङका पूर्व सभापति अशोक कोइरालाको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।
कोइरालाको आज बिहान १ बजे ७७ वर्षको उमेरमा विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
“स्वर्गीय कोइरालाले नेपाली कांग्रेसको विभिन्न तहमा रहेर संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र निष्ठावान नेतृत्वलाई गुमाएको छ”, कांग्रेसद्वारा आज जारी शोक वक्तव्यमा उल्लेख छ।
स्वर्गीय कोइरालाले प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय रहँदा ७ वर्ष जेल जीवन बिताएका थिए। उनी नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व.सुशील कोइरालाका भाइ हुन्।
“नेपाली कांग्रेसका नेता एवं मेरा मित्र अशोक कोइरालाको निधनको खबरले निकै मर्माहत भएको छु। उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नु भएको भूमिका सधैं प्रशंसनीय छ। उहाँको निधनबाट सिङ्गो नेपाली कांग्रेसले एक असल र निष्ठावान अग्रज व्यक्तित्वसँगै मोरङको भूगोलले एक सरल राजनीतिकर्मी गुमाएको छ”, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका छन्।
कोइरालको योगदान पार्टीमा सदा स्मरणीय रहने देउवाले बताएका छन्। “उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु”, देउवाले भनेका छन्।