काठमाडौं। नेकपा एमालेको नेपाल-खनाल पक्षका नेता तथा पार्टी प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले ललितपुरको सानेपामा आज सम्पन्न भएको दुई-दिने राष्ट्रिय कार्यकर्ता भेलाले तीनवटा निष्कर्ष निकालेको बताएका छन्।
भेलाले निकालेको निष्कर्षअनुसार अगाडि बढिने उनले बताए। उनले भनेका ती निष्कर्षहरूको कार्यान्वयन भए नेकपा एमाले विभाजन हुने निश्चित देखिन्छ।
तापनि पार्टी एकताको पक्षमा दृढताका साथ उभिएको बताएका छन् र पार्टी अध्यक्ष ओली चाहिँ विभाजन गर्नेतर्फ उन्मुख भएको आरोप लगाएका छन्।
भट्टराईका अनुसार भेलाको निष्कर्षहरू यी हुन् –
१) भेलाले २०७१ को साउनमा भएको पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम, जनताको बहुदलीय जनवाद (जबज)को मर्म र भावनलाई रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने कार्यादिशालाई पुनः पुष्टि गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सही ढंगले महाधिवेशनले पारित गरेको कार्यदिशालाई पक्रिन सकेनन्। तीनवटा बजेटसहितको नीति तथा कार्यक्रमले पार्टीको घोषणापत्र र नीतिअनुसार राम्रोसँगले काम गर्न सकेन। त्यसलाई समाएर कार्यान्वयनमा अगाडि बढ्ने भेलाको पहिलो निष्कर्ष हो।
२) सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार नेकपा माओवादी केन्द्रसँगको एकता भङ्ग भएपछि नेकपा एमाले पुरानो अवस्थामा फर्केको छ। पार्टीको सबै कमिटी, जनसंगठन, पेशागत संगठन, केन्द्रीय विभाग, सम्पर्क मञ्च आदि २०७५ जेठ २ को अवस्थामा पुगेको र त्यतिबेलाको कमिटीलाई सक्रिय बनाउने। तर अध्यक्ष ओलीबाट षड्यन्त्र हुँदैछ। त्यसको बदलामा बनाउने अर्को कुनै पनि कमिटीलाई नस्वीकार्ने,
३) २०७५ जेठ २ को कमिटीहरूलाई सक्रिय गर्दै जनताको बहुदलीय जनवाद (जबज)लाई कार्यान्वयन गर्दै पार्टीको सबै तहको कमिटीमा बैठक, भेला र प्रशिक्षण सञ्चालन गर्छौं। जनसंगठनहरूको पनि राष्ट्रिय, प्रदेश, जिल्ला र वडा तहको कमिटीसम्म भेलाहरू आयोजना गर्छौं। २-३ महिनामा व्यापक रूपमा पुनःसंगठनको अभियान सुरु गर्छौं। त्यसका लागि २०७५ जेठ २ को कमिटीलाई आधार मानेर अगाडि बढ्छौं।
अध्यक्ष ओली पार्टी विभाजनतर्फ लागेको आरोप
दुई-दिने गुटको भेला पार्टी एकताको पक्षमा भएको भनेर प्रचार गरेका प्रचार विभाग प्रमुख भट्टराईले पार्टी विभाजन गर्न पार्टी अध्यक्ष ओली लागेको आरोप लगाएका छन्।
पार्टीका नेताहरू (माधवकुमार नेपाल र झलनाथ खनाल)सँग संवाद नगर्ने अध्यक्ष ओलीले भनेको र उक्त कुरा निरंकुश सँगै एकलकाँटे भएको बताउँदै पार्टी विभाजनका लागि अध्यक्ष ओली उद्यत रहेको आरोप लगाएका हुन्। तर आफूहरू पार्टी विभाजनविरुद्ध अन्तिमसम्म रहने बताए।
यस्तै उनले जेठ ७ गतेको केन्द्रीय कमिटीको बैठकमा नजाने बताएका छन्। बाटा बाटामा थपिएको केन्द्रीय कमिटीको बैठकमा नजाने र जुन बैठक विधानसम्मत् नहुने बताए। अवैधानिक कमिटीको बैठकमा जान जरुरी नभएको र २०७५ जेठ २ को कमिटीको बैठकमा भने जाने बताए।
केन्द्रीय कमिटी बैठकमा नजाने भनेपनि उनले उपयुक्त समयमा बोलाइने पार्टी संसदीय दलको बैठकमा भने जाने उल्लेख गरेका छन्।
फरक प्रसङ्गमा पार्टी संसदीय दलको बोर्ड पार्टी अध्यक्ष ओलीको हुकुमी शैलीमा गठन भएको नेता भट्टराईले प्रतिक्रिया दिएका छन्।
" /> काठमाडौं। नेकपा एमालेको नेपाल-खनाल पक्षका नेता तथा पार्टी प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले ललितपुरको सानेपामा आज सम्पन्न भएको दुई-दिने राष्ट्रिय कार्यकर्ता भेलाले तीनवटा निष्कर्ष निकालेको बताएका छन्।भेलाले निकालेको निष्कर्षअनुसार अगाडि बढिने उनले बताए। उनले भनेका ती निष्कर्षहरूको कार्यान्वयन भए नेकपा एमाले विभाजन हुने निश्चित देखिन्छ।

">