काठमाडौं। प्रतिनिधिसभा बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने छन्।
त्यसपछि संविधानसभा सदस्य तथा सांसद अशोक कोइरालाको निधनप्रति शोक प्रस्तावको कार्यसूची छ।
कोइरालाको बुधबार ७१ वर्षको उमेरमा निधन भएको थियो। उनी २०५८ मा राष्ट्रियसभा सदस्य, २०६३ मा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र २०७० मा संविधानसभा सदस्य भएका थिए।
उनी मुलुकमा भएको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रियतापूर्वक सहभागी भएका थिए।
" /> काठमाडौं। प्रतिनिधिसभा बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने छन्।

">