महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन्। तीन वर्ष सरकारको कानूनी सल्लाहको भूमिका निर्वाह गरेका खरेलले राजीनामा दिएका हुन्।  ">
महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा
काठमाडौं। महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन्। तीन वर्ष सरकारको कानूनी सल्लाहको भूमिका निर्वाह गरेका खरेलले राजीनामा दिएका हुन्।

यसअघि पनि केही दिन अगाडि नै उनले राजीनामा दिन लागेको केही सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए। तर, पछिट उनले उक्त समाचारप्रति खण्डन गरेका थिए।

आज भने उनले त्यो समयमा लेखे बमोजिम नै राजीनामा दिएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर राजीनामाबारे जानकारी दिएको उनले बताए।

आज पत्रकार सम्मलेन गरेर उनले प्रधानमन्त्रीसँगको सम्बन्धमा कुनै कमी नआउने भन्दै उनले अहिलेसम्मको यात्राको क्रममा सहयोग र साथ दिनेलाई धन्यवाद दिए।

महान्यायाधिवक्तको कार्यालयमा रहँदा आफुमाथि मिडियाले बेला बेला विभिन्न आक्षेप लगाउँदै आएको बताए।
सत्यतथ्य कुरा नबुझेर नै सञ्चारमाध्यमले बेला बेला भ्रामक समाचार सम्प्रेशण गर्ने गरेको भन्दै त्यसो नगर्न सबैमा आग्रह गरे।

पुरानै अवस्थामा सक्रिय राजनीतिमा फर्किएको अग्नीको भनाइ छ। संसद् वा प्रधानमन्त्रीको सल्लाहरको रुपमा फर्किने भन्ने कुरा तत्काल केही नभएको उनले बताए।

अहिलेको अवस्थामा राजीनामा दिनुको कारण के हो भन्ने प्रश्नमा उनले भने, "यहाँ गर्ने सेवा भरिएको छ। अब यहाँ बसेभने पनि धेरै गर्न सक्दैनन्। फागुन ८ गते म यहाँ आएको थिए। समयले घण्टी बजाएपछि सबैले बुझ्नुभएन्। मैले पनि त्यही समय बुझेको छु।"

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्