काठमाडौं। नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेकी छिन्। उनले प्रधानमन्त्री ओलीलाई तानाशाहको संज्ञा दिइन्। प्रधानमन्त्री बनाएको तानाशाही लाद्न नभएको उनको भनाइ छ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले जनताको पक्षमा सरकारको नेतृत्व गर्न भनेर ओलीलाई प्रधानमन्त्री बनाएको बताइन्।
निर्वाचनबाट दुई–तिहाइ बहुमत ल्याउने धाक दिएर लाज छोप्ने प्रयास गरेको उनको आरोप छ।
सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी शासन प्रणाली पटक्कै प्रधानमन्त्री ओलीलाई मन नपर्ने गरेको पनि सांसद भुसालले बताइन्।
बोल्ने क्रममा शब्द चिप्लिन पुग्दा तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिँदा तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई नैतिकताको आधारमा राजीनामा दिन लगाउँदा फागुन ११ गते सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री ओलीले पनि नैतिकताको आधारमा राजीनामा दिने आशा गरेको बताइन्। तर नैतिकता नभएपछि ओलीले राजीनामा नदिएको उनको टिप्पणी छ।
" /> काठमाडौं। नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेकी छिन्। उनले प्रधानमन्त्री ओलीलाई तानाशाहको संज्ञा दिइन्। प्रधानमन्त्री बनाएको तानाशाही लाद्न नभएको उनको भनाइ छ।प्रतिनिधिसभाको आजको बैठकमा उनले जनताको पक्षमा सरकारको नेतृत्व गर्न भनेर ओलीलाई प्रधानमन्त्री बनाएको बताइन्।

">