काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रतिनिधिसभाको पुनःस्थापना भारतको समर्थनमा भएको अनुमान गरिएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्ने शर्तमा सरकारले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना भएको अनुमान गरिएको बताए। यो काम देशघाती भएको र जनताले स्वीकार नगर्ने उनले बताए।
सरकार पनि भारत अनुकूलको गठन हुन लागेको जानकारी पाएको उनको भनाइ छ। लेण्डुप दोर्जेले भारतअनुकूल सरकार गठन गर्दा अन्ततः सिक्किम भारतमा विलय गराएको भन्दै भारतअनुकूल सरकार गठन गर्ने भन्ने कुरा देशघाती भएको उनले बताए।
यस्तै उनले ‘थ्रेस होल्ड सम्बन्धीको व्यवस्था खारेज गर्नुपर्ने तर्क सारेका छन्। साना दलहरूलाई छेक्ने गरी ल्याएको उक्त व्यवस्थाले पनि स्थिर सरकार नभएकोले त्यसको औचित्य नभएको उनले बताए।
" /> काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रतिनिधिसभाको पुनःस्थापना भारतको समर्थनमा भएको अनुमान गरिएको बताएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्ने शर्तमा सरकारले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना भएको अनुमान गरिएको बताए। यो काम देशघाती भएको र जनताले स्वीकार नगर्ने उनले बताए।

">