काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादवले विश्वकै उत्कृष्ट भन्नेहरूबाटै च्यातच्युत पारेर संविधान फालेको बताएका छन्।
फालेको संविधानको रक्षा भने अपूर्णता र त्रुटि भएकोले संशोधन गरौँ भन्नेहरूबाट भएको उनको भनाइ छ। संविधानलाई बचाउन सडक आन्दोलनमा जान पनि बाध्य भएको उनले बताए।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद यादवले संविधान संशोधन आवश्यक रहेको उल्लेख गरेका छन्।
यस्तै उनले जसपा सहमतीय राजनीतिको पक्षधर पार्टी भन्दै मुलुकलाई अगाडि बढाउने हो भने निषेधको राजनीति गर्न नहुने बताए।
" /> काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादवले विश्वकै उत्कृष्ट भन्नेहरूबाटै च्यातच्युत पारेर संविधान फालेको बताएका छन्।फालेको संविधानको रक्षा भने अपूर्णता र त्रुटि भएकोले संशोधन गरौँ भन्नेहरूबाट भएको उनको भनाइ छ। संविधानलाई बचाउन सडक आन्दोलनमा जान पनि बाध्य भएको उनले बताए।

">