नेपाल-खनाल पक्ष बैठकमा सहभागी नहुनुको कारण के हो?
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा ‘नेपाल-खनाल’ पक्षका नेता भीम रावलले पार्टी संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठक प्रक्रियागत र संस्थागत रूपमा नभएकोले सहभागी नहुने बताएका छन्।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकहरू प्रक्रियागत र संस्थागत रूपमा संसदीय दलको कार्यालयमा दलको बैठक र पार्टी केन्द्रीय कार्यालयमा पार्टीको बैठक बोलाउनु पर्नेमा त्यसो नगरिएकाले बैठकमा सहभागी नहुने बताएका हुन्।

एमाले संसदीय दलको बैठक आज बिहान १०ः३० बजे र केन्द्रीय कमिटी बैठक १२ बजेका लागि बालुवाटारमा बोलाएपछि उपाध्यक्ष रावलले बैठकमा सहभागी नहुनुपर्ने कारण खुलाएका हुन्।

फागुन २८ गतेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू रद्द गर्नुपर्ने आफूहरुका माग पनि पूरा भइनसकेको अवस्थामा संसदीय दल र पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नसक्ने नेता रावलले देखापढीसँगको कुराकानीमा स्पष्ट पारे।

एमालेको ‘नेपाल-खनाल’ पक्षले पार्टी र पार्टीका सबै कमिटीलाई २०७५ जेठ २ अगाडिको अवस्थाबाट स्वामित्व ग्रहण गर्नुपर्ने र २०७५ जेठ ३ पछि हालसम्मका पार्टीको सबै गतिविधिलाई शून्य मान्नुपर्ने अडान राख्दै आएको छ।

गत फागुन २८ गते बसेको बहुमत केन्द्रीय कमिटी सदस्य रहेको अध्यक्ष ओली पक्षको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी पद खारेजी गर्ने, नेकपा माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गर्ने र नेता रामबहादुर थापा ‘बादल’ लाई बागमती प्रदेश तथा नेता लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको पार्टी इञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको थियो।

त्यसअघि बागमती प्रदेशमा ‘नेपाल-खनाल’ पक्षमा रहेकी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा सोही पक्षमा रहेका पार्टी उपाध्यक्ष भीम रावल नै इञ्चार्ज थिए।

बैठकले पार्टी प्रवक्तामा परराष्ट्रमन्त्रीसमेत रहेका सचिव प्रदीपकुमार ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।

बैठकलाई अवैधानिक भन्दै बैठकले गरेका सबै निर्णयहरू खारेज गर्नुपर्ने असन्तुष्ट ‘नेपाल-खनाल’ पक्षको माग छ।

अध्यक्ष ओलीले चारपटकसम्म आफूलाई पार्टी सदस्यतासमेत नहरने गरी कारबाही गरिएको भन्दै उल्टै ‘नेपाल-खनाल’ पक्षले आत्मलोचना गर्नुपर्ने र बैठकले गरेको कुनै पनि निर्णयहरू रद्द नहुने बताउँदै आएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्