काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले ओलीसँगको मायापिरती सिध्याउन नसकिने बताएका छन्। उनले ४८/४९ वर्षदेखिको मायापिरतीलाई एकै रातमा सिध्याउन नसकिने बताए।
‘नेपाल–खनाल’ पक्षको युवा संघको भेलालाई आज सम्बोधन गर्दै उनले मायापिरती नसिध्याउने तर पार्टी अध्यक्ष अोलीले पार्टी विधान र पद्धतिलाई मान्नुपर्ने बताए।
विधानलाई नमानिएको अवस्थामा भने अगाडि बढ्न नसकिने बताए। अध्यक्ष ओलीले अधिकार नभएको विधान संशोधन गरियो।
उनले फागुन २८ गतेको बैठक नै अवैध रहेको पनि दावी गरे। अवैध बैठकले गरेको निर्णयहरूमा नमान्ने पनि बताए। त्यही भएर बालुवाटारमा आज भएको बैठकमा लुरुलुरु जान नसकिएको बताए।
उनले पार्टीलाई एकताबद्ध बनाउन नयाँ ढंगले अगाडि बढ्नुपर्ने उल्लेख गरे।
त्यसका लागि पार्टीलाई २०७५ जेठ ३ गते अगाडिको अवस्थाबाट बढाउनुपर्ने, फागुन २८ गतेको निर्णय फिर्ता लिनुपर्ने र संसदीय दलको बैठक संसदीय दलको कार्यालयमा राख्नुपर्ने बताए।
" /> काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले ओलीसँगको मायापिरती सिध्याउन नसकिने बताएका छन्। उनले ४८/४९ वर्षदेखिको मायापिरतीलाई एकै रातमा सिध्याउन नसकिने बताए।‘नेपाल–खनाल’ पक्षको युवा संघको भेलालाई आज सम्बोधन गर्दै उनले मायापिरती नसिध्याउने तर पार्टी अध्यक्ष अोलीले पार्टी विधान र पद्धतिलाई मान्नुपर्ने बताए।

">