काठमाडौं। नेकपा एमालेको नेपाल-खनाल पक्षले पाँच-बुँदे असहमति पत्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ। असहमति पत्रमा ३८ जना सांसदले हस्ताक्षर गरेको सांसद जीवनराम श्रेष्ठले बताए।
उनका अनुसार पार्टी संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना गर्न नहुने, पार्टीको बैठक नवौं महाधिवेशनले पारित गरेको विधानविपरीत आयोजना गर्न नहुने, विधानविपरीत नै संसदीय दलको बोर्ड गठन र संसदीय दलको बैठक राख्न नहुनेलगायत बुँदाहरू असहमति पत्रमा समावेश गरिएको छ।
सांसद श्रेष्ठले सर्वोच्च अदालतले फागुन २३ गते फैसलामार्फत् नेकपा एमालेलाई पुनर्जीवन दिएकोले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठक बसाएर पार्टीको कामकारबाही अगाडि बढाउनुपर्ने पनि बताए।
पार्टी अध्यक्ष ओलीलाई असहमतिको पत्र बुझाउन सांसद श्रेष्ठसँगै सांसदहरू सोमप्रसाद पाण्डे र यज्ञराज सुनुवार पनि बालुवाटार गएका थिए।
" /> काठमाडौं। नेकपा एमालेको नेपाल-खनाल पक्षले पाँच-बुँदे असहमति पत्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ। असहमति पत्रमा ३८ जना सांसदले हस्ताक्षर गरेको सांसद जीवनराम श्रेष्ठले बताए।उनका अनुसार पार्टी संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना गर्न नहुने, पार्टीको बैठक नवौं महाधिवेशनले पारित गरेको विधानविपरीत आयोजना गर्न नहुने, विधानविपरीत नै संसदीय दलको बोर्ड गठन र संसदीय दलको बैठक राख्न नहुनेलगायत बुँदाहरू असहमति पत्रमा समावेश गरिएको छ।

">