काठमाडौं। नेकपा एमालेको विधान, २०७२ संशोधनसहित पारित भएको छ।
पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र डा. विमला राई पौडेल रहेको समितिले तयार गरेको विधान संशोधनको मस्यौदा आज बसेको संसदीय दलको बैठकले पारित गरेको हो।
सो क्रममा सांसदहरू खिमलाल भट्टराई, विन्दा पाण्डे, राजेन्द्र गौतम, कृष्ण दाहाल, मुना केसी, विमला विक, भानुभक्त ढकाल, शान्ति पाख्रिन र कृष्णभक्त पोखरेलले संशोधनबारे धारणा राखेका थिए।
एमाले एकता अभियान सञ्चालन गरेका पार्टी उपाध्यक्ष वामदेव गौतमले राजनीतिकसँगै पार्टी विधानबारे मन्तव्य राखेको दलका प्रमुख सचेतक भट्टराईले पत्रकारहरूलाई जानकारी दिए।
" /> काठमाडौं। नेकपा एमालेको विधान, २०७२ संशोधनसहित पारित भएको छ।पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र डा. विमला राई पौडेल रहेको समितिले तयार गरेको विधान संशोधनको मस्यौदा आज बसेको संसदीय दलको बैठकले पारित गरेको हो।

">