काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बैठक सुरु भएको हो।
एमालेको यो १२ औँ बैठक हो। बैठकमा पार्टी महाधिवेशन आयोजक समिति गठन, अध्यक्षलाई थप अधिकार प्रत्योजन, स्थायी कमिटी पुनर्गठन, संसदीय दलको विधान अनुमोदनलगायत १० वटा एजेण्डाहरूमाथि छलफल हुने भएको छ।
बैठकले पार्टीका नेताहरूलाई कार्य जिम्मेवारी दिने, जनवर्गीय संगठनहरूको जिम्मेवारी हेरफेर गर्नेसँगै गुटगत भेला गर्नेहरूलाई कारबाही गर्नेबारे पनि निर्णय लिने बताइएको छ।
बैठकलाई नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले भने बहिस्कार गरेको छ।
" /> काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बैठक सुरु भएको हो।एमालेको यो १२ औँ बैठक हो। बैठकमा पार्टी महाधिवेशन आयोजक समिति गठन, अध्यक्षलाई थप अधिकार प्रत्योजन, स्थायी कमिटी पुनर्गठन, संसदीय दलको विधान अनुमोदनलगायत १० वटा एजेण्डाहरूमाथि छलफल हुने भएको छ।

">