काठमाडौँ। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले पाँचजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
पार्टीका नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार उनीहरूलाई चाँडै स्पष्टीकरण सोधिनेछ।
केन्द्रीय कमिटी बैठकअघि बसेको पार्टी संसदीय दलको बैठकले पनि पार्टी हितविपरीत गुटगत र समूहगत भेला गर्ने जो कोहीलाई कारबाही गर्ने निर्णय गरेको नेता शेरबहादुर तामाङले बताएका थिए।
" /> काठमाडौँ। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले पाँचजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।पार्टीका नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार उनीहरूलाई चाँडै स्पष्टीकरण सोधिनेछ।
केन्द्रीय कमिटी बैठकअघि बसेको पार्टी संसदीय दलको बैठकले पनि पार्टी हितविपरीत गुटगत र समूहगत भेला गर्ने जो कोहीलाई कारबाही गर्ने निर्णय गरेको नेता शेरबहादुर तामाङले बताएका थिए।
">