भारतले नेपाली भूमी मिचेर एकतर्फी तटबन्ध बनायोः बडु
<p>काठमाडौं। नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले भारतले नेपाली भूमि मिचेर एकतर्फी तटबन्ध बनाउँदा सरकार मौन बसेको आरोप लगाएका छन्। </p>
<p>प्रतिनिधिसभामा बोल्दै उनले दार्चुलाको महाकाली नगरपालिका–५ गलफई गाउँको पारीपट्टी भारत सरकारले तीन महिनादेखि नेपालको सहमति नलिई एकतर्फी तटबन्ध बनाइरहेको बताए। </p>
<p>तटबन्ध बनाउँदा नेपाली भूमिसमेत मिचेको जानकारी समेत उनले गराए। यस्तो हुँदा पनि सरकार मौन बसेर समर्थन गरेको आरोप उनले लगाए।</p>
प्रतिक्रिया दिनुहोस्