शून्य समय : भूमि संरक्षणदेखि संसद्को बिजनेससम्ममा ध्यानाकर्षण
<p>काठमाडौँ। प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरूले नेपालको भूमि संरक्षणदेखि संसद्ले बिजनेस नपाएसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। </p>
<p>सांसद तुलसी थापाले नेपाली भूमि अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारसँग आग्रह गरे। त्यस्तै, खगराज अधिकारीले संसद्मा अविश्वासको प्रस्ताव राख्न डराउने तर प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाउने विषय उपयुक्त नदेखिएको बताए। </p>
<p>गगनकुमार थापाले संसद्लाई काम नदिएर सरकारले अलपत्र बनाउन खोजेको आरोप लगाए।</p>
<p>-रासस</p>
प्रतिक्रिया दिनुहोस्