परिस्थिति बदलिएकोले अविश्वासको प्रस्ताव फिर्ता लिने भयौं : सांसद घिमिरे <p>काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव राजनीतिक परिस्थिति बदलिएकोले फिर्ता लिनुपर्ने भएको स्पष्ट पारेको छ।</p> <p>&nbsp;सांसद जीवन घिमिरेले नेकपा हुँदा दर्ता गरेको अविश्वासको प्रस्ताव सर्वोच्च अदालतको आदेशपछि एमाले ब्युँतिएकाले फिर्ता लिनुपर्ने भएको बताए। &nbsp;आगामी संसद् बैठकमा प्रस्ताव फिर्ता लिने उनले बताए। माघको १४ गते प्रस्ताव दर्ता भएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्