विप्लव नेकपाका सय बढी नेता कार्यकर्ता अझै कारागारमा
<p>काठमाडौं। नेपाल प्रहरीले विप्लव नेकपाका १५ जना नेता कार्यकर्तालाई रिहा गरेको जनाएको छ। नेता कार्यकर्ता रिहा र मुद्दाहरू खारेजीको प्रक्रियामा सरकारले ढिलाइ गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गुनासो गरेका छन् । </p>
<p>प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले अन्य नेता कार्यकर्ताको रिहा प्रक्रियाका लागि आवश्यक तयारी भइरहेको बताए । विप्लव नेकपाका सय बढी नेता कार्यकर्ता कारागारमा छन्।</p>
प्रतिक्रिया दिनुहोस्