इजिप्टकी राजदूतको परराष्ट्रमन्त्रीसँग विदाई भेट
<p>काठमाडौं। नेपालका लागि इजिप्टकी राजदूत इमान मोस्तफा अब्दु अहमेदले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग विदाई भेट गरेकी छन्।<br />
आज परराष्ट्र मन्त्रालयमा गई उनले मन्त्री ज्ञवालीसँग विदाई भेट गरेकी हुन्। भेटवार्तामा नेपाल–इजिप्ट द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो। <br />
राजदूत अहमेद आफ्नो कार्यकाल सकेर स्वदेश फर्कने क्रममा रहेकी छन्। नेपाल र इजिप्टबीच सन् १९५७ जुलाई १६ का दिन कूटनीतिक सम्बन्ध गाँसिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्