झलनाथले सूचना नआएको भन्दा विशालले भने– बहाना बनाए
<p>काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी संसदीय दलको बैठकबारे सूचना नपाएको बताएका छन्।</p>
<p>“सूचना नपाएपछि बैठकमा कसरी जाने?”, उनले देखापढीलाई बताए।</p>
<p>दलको बैठक आज तीन बजे बस्दै छ। दलका प्रमुख सचेतक विशाल भट्टराईले भने सूचना हिजै पठाएको बताए।</p>
<p>वरिष्ठ नेता खनालले बैठकमा नआउन बहाना बनाएको हुन सक्ने बताए। दलको बैठकमा नेता माधवकुमार नेपाल पक्षका सांसदहरू सहभागी हुने गरेका छैनन्।</p>
प्रतिक्रिया दिनुहोस्