अविश्वासको प्रस्तावविरुद्ध साथ दिने बित्तिकै मन्त्री
<p>काठमाडौं। १४ पुसमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येका एक सांसद टङ्क आङ्बुहाङ आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्।</p>
<p>आकर्षक मन्त्रालय पाएका उनी फागुन दोस्रो सातासम्म तत्कालीन नेकपाको ‘प्रचण्ड– माधव’ खेमामा थिए। मुख्यमन्त्री राईविरुद्ध चर्को भाषण नगरेका पनि होइनन्।</p>
<p>अविश्वासको प्रस्तावपछि राई नेतृत्वको सरकार संकटमा थियो। तर अचानक राईलाई साथ दिन पुगेका उनी मन्त्री बन्न सफल भए।</p>
प्रतिक्रिया दिनुहोस्