माधव नेपालपक्षका सांसदहरू दलको बैठकमा सहभागी हुने
<p>काठमाडौं। एमाले संसदीय दलको बैठकमा नेता माधवकुमार नेपालपक्षका सांसदहरू सहभागी हुने भएका छन्।</p>
<p>स्थायी कमिटी सदस्य रघुजी पन्तले बैठकमा सहभागी हुन सांसदहरू गइसकेको देखापढीलाई बताए।</p>
<p>सर्वोच्च अदालतको फैसलाअनुसार २३ फागुनमा एमाले ब्युँतिएपछि नेता नेपालपक्षका सांसदहरू दलको बैठकमा सहभागी भएका थिएनन्। तर आज दिउँसो बसेको नेपालपक्षको केन्द्रीय कमिटी बैठकले सहभागी हुने निर्णय गरेपछि सांसदहरू बैठकमा गएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्