प्रदेश १ मुख्यमन्त्रीले थपे दुई मन्त्री र दुई राज्यमन्त्री <p>काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारित मन्त्रिपरिषद्मा दुईजना मन्त्री र दुईजना राज्यमन्त्री रहेका छन्।</p> <p>टङ्क आङ्बुहाङ आर्थिक मामिला तथा योजनामन्त्री र उषाकला राई सामाजिक विकासमन्त्री बनेकी छिन्। राजकुमार ओझा उद्योग र कला घले भूमि व्यवस्था राज्यमन्त्री भएका छन्।</p> <p>यसअघिका राज्यमन्त्री रामबहादुर मगर भूमि व्यवस्थामन्त्री र अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री भएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्