‘प्रचण्ड पीडित भए पनि माथिल्लो चेयरमा’
<p>काठमाडौं। जसपा अध्यक्ष महन्थ ठाकुरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई समर्थन गरेर जसपाप्रति उल्टै असन्तुष्टि व्यक्त गरेको टिप्पणी गरेका छन्। प्रज्ञा डबलीमा आज आयोजित बृहत् नागरिक आन्दोलनमा ठाकुरले भने, “ओलीलाई समर्थन तपाईं गर्नुहुन्छ, अनि हामीसँग आगो ओकल्नुहुन्छ।”<br />
उनले प्रचण्ड पीडित भए पनि माथिल्लो ‘चेयर’ मा रहेको बताए। राष्ट्रवादको नारा दिए पनि त्यसमा मधेसी समुदाय कहिल्यै नअटाएको उनको गुनासो थियो।</p>
प्रतिक्रिया दिनुहोस्