संसद्लाई प्रभावकारी बनाउन भगिरथ प्रयत्न
<p>काठमाडौं। सभामुख अग्नि सापकोटाले संसद्लाई प्रभावकारी बनाउन आफूले भगिरथ प्रयत्न गरिरहेको बताएका छन्। संसदीय मामिला पत्रकास समाजको सातौं अधिवेशनमा बोल्दै उनले संसद्लाई जीवन्त बनाउन आफ्नो ब्रह्मले देखेको निर्णय गर्नेसमेत स्पष्ट पारे।<br />
‘‘त्यो निर्णयको इतिहासले मूल्यांकन गर्नेछ। जनताका लागि जनप्रतिनिधि सबैभन्दा नजिकको हुन्छ,’’ उनले भने, ‘‘समस्या, चुनौती, वादविवाद र बहस हुँदै समाधानमा जाने भएकाले अहिले त्यही बाटोमा हिँडिएको छ।’’(रासस)</p>
प्रतिक्रिया दिनुहोस्