आन्दोलनरत थरुहटसँग वार्ता गर्न तीन-सदस्यीय वार्ता टोली <p>काठमाडौं। सरकारले थारु कल्याणकारी सभा, थरुहट, थारुवान संयुक्त संघर्ष समितिसँग वार्ता गर्न तीन-सदस्यीय वार्ता टोली गठन गरेको छ।</p> <p>गृहमन्त्री रामबहादुर थापा (बादल)को नेतृत्वमा बनेको वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन्।</p> <p>संघर्ष समिति रेशम चौधरीको रिहाइको मागसहित विभिन्न १९-बुँदे माग राखेर आन्दोलनमा छ। वार्ता टोलीले आजैबाट काम सुरु गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्