नेपाल र रावलमाथि कारवाही, ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन
<p>काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल कारवाहीमा परेका छन्। उनीहरूलाई आज पार्टीले ६ महिनाको लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो। </p>
<p>यही चैत ८ गते पार्टीले मागेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि कारवाही गर्नु परेको एमालेले नेपाल र रावललाई पठाएको पत्रमा उल्लेख छ। </p>
<p>६ महिनाको निलम्बन सच्चिनका लागि भएको एमालेले जनाएको छ। “सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधिहरू कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,” पार्टीले नेता नेपाललाई पठाएको पत्रमा उल्लेख छ।</p>
प्रतिक्रिया दिनुहोस्