चिनियाँ महावाणिज्यदूतले क्यानडेली प्रधानमन्त्रीलाई ‘बालक’ भनिदिएपछि...
<p>काठमाडौं। ब्राजिलको रियो डी जेनेरियोमा चिनियाँ महावाणिज्यदूत रहेका ली याङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्रुडोलाई ‘बालक’को संज्ञा दिएपछि दुई देशबीचको सम्बन्ध थप चिसिन पुगेको छ।</p>
<p>त्यतिमात्र होइन याङले सोसल मिडियामा क्यानडालाई ‘अमेरिकाको पछिपछि भाग्ने कुकुर’समेत भनिदिए।</p>
<p>चीन र क्यानडाबीचको सम्बन्ध यति खराब हुँदै गएको छ कि, तिनले एकअर्काविरुद्ध प्रतिबन्ध नै लगाएका छन्। महावाणिज्यदूतको टिप्पणीपछि सम्बन्ध थप खराब हुने देखिएको छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्