पुनरावलोकन निवेदन दिन प्रचण्ड सर्वोच्चमा
<p>काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन्।</p>
<p>२३ फागुनमा नेकपाको एकतालाई अस्वीकृत गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र कायम गर्ने फैसला सर्वोच्चबाट आएपछि पुनरावलोकनका लागि निवेदन दिन प्रचण्ड अदालत पुगेका हुन्।</p>
<p>प्रचण्डले अदालतको फैसलालाई मान्ने तर असहमति रहेको बताएका छन्।</p>
<p>‘जन्मिसकेको शिशुलाई फेरि आमाको गर्भभित्र राख्ने’ जस्तो काम अदालतबाट भएको उनको टिप्पणी छ।</p>
प्रतिक्रिया दिनुहोस्