सरकार र थारुवानबीचको वार्ता सकियो
<p>काठमाडौं। सरकार र थारुवान/थरुहट संयुक्त संघर्ष समितिबीचको वार्ता सकिएको छ। </p>
<p>संघर्ष समिति संयोजक रूक्मिणी चौधरीका अनुसार वार्ता सकारात्मक दिशातर्फ गएको छ।</p>
<p>दुई टोलीबीच वार्ता पर्सि बस्ने भएको छ। समितिले १९-बुँदे माग राखेर आन्दोलन गरेपछि सरकारले वार्ताको आह्वान गरेको थियो।</p>
<p>सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापाले गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्