माधव समूहको निष्कर्ष : प्रधानमन्त्री ओलीले दुराशयले निलम्बन गरे <p>काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशय राखेको निष्कर्ष निकालेको छ।</p> <p>सोहीअनुसार नेपालसहित पार्टी उपाध्यक्ष भीम रावललाई निलम्बन गरेको आरोप लगाएको छ। समूहले विज्ञप्ति जारी गर्दै निलम्बन गर्ने कार्यलाई पार्टी विधान, पद्धति र मान्यताविपरीत भएको उल्ले गरेको छ।</p> <p>अध्यक्ष ओलीले पार्टी विधानविपरीतका काम गरेको भन्दै नेपालसहित रावललाई हिजो निलम्बन गरेका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्