प्रदेश १ मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : नेपाल पक्षका १६ जनाद्वारा प्रस्तावमाथि समर्थन फिर्ता
<p style="text-align: justify;">काठमाडौं। नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षका १६ जना सांसदहरूले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएका छन्।</p>
<p style="text-align: justify;">फागुन २३ को सर्वोच्चको फैसलापछि नयाँ राजनीतिक परिस्थिति निर्माण भएकाले अविश्वासको प्रस्तावमाथिको समर्थन फिर्ता लिएको स्पष्ट पारेका छन्। यससँगै राई नेतृत्वको प्रदेश सरकार बलियो बनेको छ।</p>
<p style="text-align: justify;"><img src="/uploads/editor/2021-03-30/154342313Pradesh 1 - Abishwas Prastab Firta.jpeg" /></p>
प्रतिक्रिया दिनुहोस्