केन्द्रीय योजनामा परेका बाहेकका पुल स्थानीयलाई दिन माग <p>काठमाडौं। एमाले सांसद दलबहादुर रानाले यातायात मन्त्रालयअन्तर्गतका एक हजार सात सय ९३ पुलमध्ये पुलको निश्चित लम्बाइ भन्दा माथिका र केन्द्रीय सडक योजनाभित्र परेर निर्माण सुरु भएका बाहेकका पुलहरू स्थायीय विकास पूर्वाधार विभागलाई दिनुपर्ने बताएका छन्।</p> <p>आगामी आर्थिक वर्ष २०७८/७९ देखि लागू हुने गरी विभागलाई दिनुपर्ने बताए।</p> <p>प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले विभागमार्फत मोटरेबल पुल निर्माणको काम गरिए राम्रो हुने बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्