कोरोनासँग जुध्न सर्वदलीय बैठक गर्न राजभण्डारीको माग
<p>काठमाडौं। सांसद दिव्यमणि राजभण्डारीले फेरि फैलिएको भनिएको कोरोना संक्रमणबारे जुध्न सर्वदलीय बैठकको माग गरेका छन्।</p>
<p>सरकारले सर्वदलीय बैठक आह्वान गर्न ढिला गर्न नहुने पनि बताए।</p>
<p>प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद् राजभण्डारीले सरकारले प्रतिबद्धताअनुसार कोरोना भ्याक्सिन जनतालाई दिन नसकेको पनि बताए।</p>
<p>उनले क्वारेन्टिन, आइसोलेसनलगायतबारे सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्